मुख्य खबरसमाचारफिचर

कांग्रेसको चुनावी प्रतिस्प्रर्धाः क्षेत्रीय सभापतिमा आधा दर्जनको उम्मेद्धवारी चर्चा

मणिराज गौतम

नेपाली कांग्रेस मकवानपुरमा नयाँ नेतृत्वको लागी चहलपहल सुरु भएको छ । वडा तहको निर्वाचन प्रकृया सकिए लगत्तैै नगर अनि पालिका तथा क्षेत्रीय तहमा नयाँ नेतृत्वको लागी उम्मेद्धवारी घोषणा भभरहेकाछन । अहिले सम्म मकवानपुरको जिल्ला सभापतिमा उम्मेद्धवारी घोषणा कसैले गरेका छैनन् भने उपसभापति र जिल्ला तहका केही पदहरुमा उम्मेद्धवारी सार्वजनिक भइसकेका छन् । जिल्ला तहसँगै अहिले क्षेत्रीय सभापतिको दौडधुपमा पनि धेरै जना कांग्रेसीहरु लागी परेका छन् । कतिले सार्वजनिक रुपमा कांग्रेसीहरुसंग मत माग्न सुरु गरेका छन् त कत्तिले हेर र पर्खको अवस्थामा बसेकाछन् । कांग्रेसमा गुटगत राजनिति हावी देखिएपछि उम्मेद्धवारहरु आफनो नेतृत्व तहको आदेश कुरिरहेकाछन् ।

नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभा १ को प्रदेश क्षेत्र क अन्र्तगत क्षेत्रीय सभापति पदका लागि आधा दर्जन जतिको उम्मेद्धवारी चर्चा बजारमा सुरु भएको छ । स्रोतका अनुसार हालका जिल्ला सदस्य शुशान्त कुमार श्रेष्ठले क्षेत्रीय सभापतिमा दावेदार गरेको चर्चा छ । उनले जिल्ला सदस्य नेपाली कांग्रेसमा देखाएको भुमिकाको उच्च मुल्याकंन गर्दै क्षेत्रीय सभापति पाउनुपर्ने बताएकाछन् ।

उनले सिधाखबर संग कुराकानी गर्दै यसपटक सबै कांग्रेसीहरुको साझा उम्मेद्धवारको रुपमा आफुलाई अगाडी बढाउने तयारी गरेको बताएकाछन् । पार्टीमा साँस्कृतिक विभागको भुमिका समेत निर्वाह गरेका उनले यो पटक क्षेत्रीय सभापति बन्ने सोच राखेको बताएका हुन् । आफु सहकार्य र सहमतिको लागी तयार रहेको बताउदै श्रेष्ठले आफनो उम्मेद्धवारीमा दायाँ बायाँ नहुने तर्क गरेकाछन् । सकेसम्म सहमतिबाट नत्र निर्वाचनबाट पनि आफु क्षेत्रीय सभापती बन्ने दौडधुपमा लागिसकेको उनको तर्क छ ।

क्षेत्रीय सभापतिको दौडमा हेटौडा १६ का वडा अध्यक्ष एंव काग्रेस नेता रामकृष्ण कोईराला पनि देखिएकाछन् । उनी वुथ प्रतिनिधि भएकै दिनदेखी क्षेत्रीय सभापति बन्ने दौडमा हिडेको उनले बताए । सिधाखबर संग कुराकानी गर्दै कोईरालाले आफु क्षेत्रीय सभापतीको दावेदार रहेपनि अहिले हेर र पर्खको अवस्थामा रहेको उनले तर्क गरेकाछन् । उम्मेद्धवारी चाहीँ मेरो पक्का हो तर एक पटक समुहबाट आदेशको पर्खाइमा छु कोईरालाले बताए । उनी समुहगत छलफलमा व्यस्त रहेकाछन् । पार्टी सभापतिको आदेशमा आफु रहेकाले उहाँकै निर्णयमा आफनो उम्मेद्धवारी रहने उनले बताएकाछन् ।

क्षेत्रीय सभापतिका दौडमा कांग्रेस नेता मिठ्ठाराम दाहाल पनि रहेका छन् । दाहाल हाल नेपाली कांग्रेस सहकारी विभागको वित्तिय व्यवस्थापन विभागको केन्द्रीय सदस्य रहेका छन् । उनले नेपाली कांग्रेसमा लागेपछि पार्टीलाई एकढिक्का बनाउन गरेको संर्घषलाई मुल्याकंन हुनुपर्ने बताएका छन् । आफु पार्टीभित्र गुट उपगुट देखी टाढा रही साझा रुपमा क्षेत्रीय सभापतिको उम्मेद्धवार रहेको समेत दाहालले बताएकाछन् । यो पटक साथीहरुले आफुलाई क्षेत्रीय सभापतिमा सर्वसम्मत गराईदिनुपर्ने तर्क उनको छ । मैले पार्टीमा बसेर गरेको कामलाई आम मतदाताहरुले उच्च मुल्याकंन गरीदिनु पर्ने बताउदै उम्मेद्धवारी पक्का रहेको बताएकछन् ।

क्षेत्रीय सभापतिको दौडमा नेपाली कांग्रेस बागमती गाँउपालिकाका सभापति समेत रहेका भक्त राईले पनि दौडधुप गरेको चर्चा छ । उनी पनि यो पटक क्षेत्रीय सभापति बन्ने दौडमा लबिङ्ग गरीरहेको एक श्रोतले जनाएको छ । यस दौडमा कांग्रेस नेता विवेक राई पनि रहेकाछन् । उनले सिधाखबर सँग कुराकानी गर्दै एक मत आएपनि क्षेत्रीय सभापतिमा उम्मेद्धवारी दिने बताएका हुन् ।

कांग्रेसभित्र चर्चा चुनाव लागिरहेको छ । क्षेत्रीय सभापतिमा करिब आधा दर्जन कांग्रेस नेताहरुको उम्मेद्धवारी चर्चाले जिल्लामा ठुलै हल्लीचल्ली सुरु भएको छ । सके सम्म सर्वसम्मत रुपले अगाडी बढ्नुपर्ने तर्क आईरहेपनि प्रजातान्त्रिक पार्टीमा निर्वाचन प्रकृया हुनु सामान्य रहेको केही कांगेसीहरुले तर्क गरेकाछन् । यो संगै हेटौंडा नगर सभापतिमा पनि तीन जनाको उम्मेद्धवारी घोषणा भैसकेको छ । यो पटक कांग्रेसले स्वच्छ प्रतिष्पर्धाबाट जिल्ला, नगर, क्षेत्र र वडा हाक्ने नेतृत्वहरु छनौट गरीरहेको छ ।