मुख्य खबरसमाचारफिचर

पुराना कांग्रेसीलाई वुथ प्रतिनिधि देखीनै पाखा लगाएपछि, जिल्ला सभापति देखी नगरसभापति बन्ने सपना चक्नाचुर

मणिराज गौतम

नेपाली कांग्रेसमा १४ औ महाधिवेशनको चर्चा चोक चौतारामा चलिरहेको छ । वडा अधिवेशन सकिएपछि पालिका र नगर स्तरको अधिवेशन अहिले कांग्रेसीहरुमा लागिरहेको छ । कांग्रेसको महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले सबै चासो र चिन्ता हुनु स्वाभाविकनै छ । मकवानपुरमा पनि अहिले उम्मेद्धवार घोषणा गर्ने होडवाजी चलिरहेको छ । मकवानपुर जिल्ला सभापतिमा भने अहिले सम्म कसैले उम्मेद्धवारी घोषणा गर्ने आँट गरेका छैनन् । सकेसम्म सर्वसम्मतको प्रयासहरु भइरहेकाछन् ।

वडा स्तरको चुनावले कांगे्रस युवा नेतृत्वतर्फ मोडिएको छ । पार्टी भित्र लामो समय देखी योगदान दिने पुराना कांग्रेसीलाई क्षेत्रीय (बुथ) प्रतिनिधि देखीनै पाखा लगाउने योजनाबद्ध खेलहरु देखा परेपछि पुराना कांग्रेसीजनहरुले अब कांग्रेस कता मोडिन्छ अथवा युवा पुस्ताको हावीले कांग्रेसलाई कस्तो मोडमा लैजान्छ भन्ने बहसहरु सुरु भएकाछन् । युवा प्रतिनिधित्वले कांग्रेस अझ बलियो भएके तर्क गर्छन भने एकाथरीका अनुसार युवा पुस्ताको हावीले कांग्रेसको गरिमा सकिने हो कि भन्ने चिन्ता लिइरहेकाछन् । तर कांग्रेसमा युवाहरुको अर्कषणले नयाँ जोश जाँगर बढने भन्दै अब पुरानो ढर्राको राजनिति बिदा हुनुपर्ने तर्क राख्छन युवापुस्ताहरु । सधै पुरा सोचले हुदैन अब नयाँको सोच कल्पना पार्टीमा लगाउन सके देश पनि समृद्ध हुने एकाथरीको तर्क छ ।

वर्षौ देखी एउटै व्यक्ती हावी भइरहने परम्परालाई यो वर्ष देखी युवा कांग्रेसहरुले तोडिदिएका छन् । मकवानपुरमा कतिपय वडाहरुमा चुनाव हार्ने डरले जवरजस्ती सर्वसम्मत बनाउनु विकल्प देखिएनन् । अहिले वडाहरुमा धेरै कांग्रेसी नयाँ क्रियाशिल सदस्यहरु थपिएकाछन् । नयाँ क्रियाशिल सदस्यहरुले पुराना कांग्रेसीहरुलाई नचिन्न सक्छन त्यसैले फरक पार्टी र फरक बिचारबाट आएका चैते कांग्रेसको उपनाम पाएकाहरुको वर्चश्वले गर्दा ३० वर्ष देखी कांग्रेसी राजनिति गर्नेहरु पछाडी पर्नु स्वभाविक हो ।

अझ भन्ने हो भने कांग्रेसले यो पटकबाट क्रियाशील सदस्यले वडा अधिवेशनमा मात्रै भाग लिन पाउने व्यवस्था गरेको छ । उनीहरूले गाउँ वा नगर अधिवेशनका लागि वडाबाट प्रतिनिधि छनौट गर्नेमात्र काम भयो । पहिला पहिला त क्रियाशील सदस्यहरुले पनि नगर र पालिकाहरुमा मत दिन पाउने व्यवस्था थियो । यो अवस्था भइदिएको हो भने यो पटक नगर अनि पालिकाहरुमा २५ वर्ष नकटेका युवाहरुको नेतृत्व हुदैन थियो भन्न सक्ने अवस्था नै थिएन । अहिले पार्टी भित्र युवा पुस्ता हावी हुनुको कारण कांग्रेस भित्रको गुट उपगुट पनि हो । देउवा गुटदेखी सिटौला, पौडेल लगाएतको गुट वडास्तरहरुमा हावी हुनुनै यसको कारणहरु हुन सक्छन् ।

हुन त कांग्रेसले युवा पुस्ताको आगमन र नेतृत्वलाई स्वागत गरेको छ तर पनि लामो समय योगदान गरेका कांग्रेसीहरु वुथ प्रतिनिधिबाटै बाहिरिए पनि जिल्ला सभापति देखी नगरसभापति सम्म सपना देख्नेहरुमा दिउसै रात परेको भाव भयो । कतिको सपना चक्नाचुर भएको छ । कतिले पालिका तथा नगर तहमा देखाई दिउला भन्ने मनगणन्ते ईगो बोकेर बसेका छन् । आफू अनुकूलका सदस्य बनाएर पार्टीको स्थानीय देखि केन्द्रीय नेतृत्वसम्म पुग्ने नेताहरूको स्वार्थले क्रियाशील सदस्यतामा विवादको बीचमा पनि सहमती गरेर कांग्रेसले अधिवेशन गर्नु चाहीँ सबल पक्ष हो । खासगरी विधान र नियमावलीलाई मिचेर आफू मात्रै नेतृत्वमा पुग्नका लागि अरूलाई सखाप गर्ने र पार्टी कब्जा गर्ने क्रियाकलापले सदस्यता विवादबाट पनि केही कांग्रेसीहरुको सपना चुकेको छ ।