
खबरबाकस \ बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र तीन जना सदस्यहरुको शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सपथग्रहण गरिएको छ । प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आयोगका उपाध्यक्ष तथा सदस्यहरुलाई सपथग्रहण गराउनु भयो ।
आयोगका उपाध्यक्ष सिन्धुपाल्चोक मेलम्चीका डाक्टर जगत बहादुर बस्नेतलाई सपथग्रहण गराउनु भएको छ । यस्तै सदस्यहरुमा रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ, काठमाण्डौ–४ का निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेललाई मुख्यमन्त्री शाक्यले सपथग्रहण गराउनु भएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले आयोगको कामलाई द्रुतगतिमा अगाडी बढाउनका लागि आफुहरुले आयोगलाई पूर्णता दिएको बताउनुभयो । कार्यक्रममा प्रदेशका मुख्यन्यायधिवक्ता ओम प्रकास थपलीया मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।
प्रदेश सरकारमा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले आफ्ना नजिक रहेका र एमालेका नेता कार्यकर्तालाई नियुक्ती दिलाउन सुरु गरेकी छिन् ।








