मुख्य खबरसमाचारफिचर

कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना

संवाददाता

सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मङ्सिर ९ गतेसम्म चल्ने बताएको छ ।  प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको थियो ।

यही भदौ २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले कात्तिक अन्तिमदेखि राष्ट्रिय जनगणना गर्ने तथ्याङ्क विभागको प्रस्ताव स्वीकृत गरेको थियो । यसपटकको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षक अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसङ्ख्याको गणना १५ दिनको अवधिमा सम्पन्न गर्ने छ ।