
खबरबाकस \
बागमती प्रदेशको मन्त्रिपरिषद् बुधबार विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले छ मन्त्री सहित ४ राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।
मुख्यमन्त्री शाक्यले १० जनालाई नियुक्त गरी मन्त्रिपरिषदलाई १२ सदस्यीय बनाउनुभएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अजय क्रान्ति शाक्य(काठमाडौं), भौतिक पूर्वाधार विकास मन्त्रालयमा केशवप्रसाद पाण्डे, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा चन्द्र लामा(काभ्रे), आर्थिक मामिला तथा योजना मन्त्रालयमा रचना खड्का (दोलखा), उद्योग पर्यटन, वन तथा वातारण मन्त्रालयमा शान्ति प्रसाद पौडेल (रामेछाप), सामाजिक विकास मन्त्रालयमा विजय सुवेदी (चितवन), स्वास्थ्य मन्त्रालयमा प्रदीप कुमार कटुवाल क्षेत्री (सिन्धुली) रहनुभएको छ ।
त्यस्तै, सामाजिक विकास राज्य जुनेली श्रेष्ठ(मकवानपुर), भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जीवन खड्का(ललितपुर), उद्योग पर्यटन,वन तथा वातारण राज्य सरस्वती बाटी र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली (नुवाकोट) नियुक्त गरी प्रदेश प्रमुख यादव शर्माले सपथ खुवाउनुभएको छ ।









