मुख्य खबरसमाचारफिचर

महेन्द्र राउत अब राजनितिमा सकृय हुदै, कांग्रेस नगर सभापतिमा उम्मेद्धवारी घोषणा

संवाददाता

दुई दशक अघि देखी नेपाल विद्यार्थी संघ मार्फत राजनिती गर्दै आएका नेता महेन्द्र राउतले अब राजनितिमा आफनो सकृयता हुने बताएकाछन् । नेपाली कांग्रेश मकवानपुरको १४ औ वडा अधिवेशनमा हेटौडा  उपमहानगरपालिका वडा नम्बर १ बाट क्षेत्रिय प्रतिनिधिमा बिजयी पश्चात नेता राउतले अब राजनितिमा भविष्य खोज्ने समेत बताएकाछन् । लामो समय नेवि संघ मार्फत नेपाली कांग्रेसको राजनिति गर्दै आएका उनले अब युवा पुस्ताले राजनितिमा अग्रसरता देखाउनु पर्ने बताएका हुन् । राउतले सिधाखबर संग कुरा गर्दै नेपाली कांग्रेसको आगामी भाद्र २७ गते हुन गइरहेको नगर तथा पालिका स्तरिय निर्वाचनमा हेटौडा उपमहानगर सभापतिमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

बिस २०४६ सालको आन्दोलन देखी विद्यार्थी राजनिति सुरु गरेका राउतले नेवि संघ जिल्ला कोषाध्यक्ष,जिल्ला सभापति हुदै नेपाली कांग्रेसको विभिन्न तहमा आफनो सकृय भुमिका रहदै आएको बताएकाछन् । नेपाली कांग्रेसको १२ औ देखी १४ औ अधिवेशन सम्म अत्याधिक बहुमतका साथ  क्षेत्रिय प्रतिनिधिमा आफनो बिजयी सफलता पाईरहेका राउत कांग्रेसमा सबैलाई समेटेर अगाडी बढाउन सक्ने क्षमता भएकोले नगर सभापतिमा आफनो दाबेदारी रहेको बताउछन् ।

यस अघि पार्टीको जिल्ला सदस्य बनीसकेका राउत यो पटक नगरसभापतिमा पल्लाभारी ल्याउने दाउमा रहेका छन् । राउत पेशाले ईलेक्ट्रोनिक्स व्यवसायी हुन् । मकवानपुर उद्योग वणिज्य संघमा पूर्व महासचिव भएर समेत उनले आफनो अनुभव संगालेको बताउछन् । आफु युवा राजनितिबाट आएकाले युवालाई नै समेटेर अगाडी बढने उनको योजना छ । अब कांग्रेस युवाको काँधमा आईपरेको बताउदै आफुले लामो विद्यार्थी राजनितिमा पाएको सांगठनिक अनुभव प्रशिक्षित गराएर पार्टीलाई अग्रस्थानमा लग्ने राउतको सोच छ ।

आफुसंगै विद्यार्थी राजनिति गरेका अन्य साथीहरु केन्द्रिय नेतृत्वमा पुगीसकेको बताउदै पार्टीभित्र आफु पछाडी परेकोले अबको यात्रा नगरसभापतिमा रहने राउतले बताए । राजनितिमा स्वस्थ प्रतिस्पर्धा अनिवार्य रहेकाले यही स्लोगनलाई फलो गर्दै अगाडी बढने उनले बताए । लोकतन्त्रको पर्यायको रुपमा रहेको पार्टी नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यासमा आफुलाई सधै अग्रणी सावित गर्दै आएको बताउदै राउत भन्छन्

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो । स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउदै जनजनमा लोकतन्त्रको रक्तसंचार गर्न आफु लाग्ने बताउदै राउत भन्छन संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसलाई बलियो बनाउन जरुरी छ ।

बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव भएकाले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न आफनो हेटौडानगर सभापतिमा उमेद्धवारी रहने बताउछन । १४ औ महाधिवेशन मार्फत अब शसक्त कांग्रेस बनाउने अभियानमा सबैलाई लाग्न अनुरोध गर्दै हेटौडा उपमहानगरपालिकाका कांग्रेसी मतदाताहरुमा सहयोगको लागी राउतले आग्रह गरेकाछन ।

विद्यार्थी राजनिति देखी कांग्रेसको झण्डा बोक्दै आएका राउतले आफुले नगरसभापति बन्न पाए न्याए हुने तर्क गर्छन् । काङ्ग्रेसभित्र युवा नेतृत्व स्थापित हुन नसक्नुको पछि धेरै कारणहरु छन । मुख्यतय वर्तमानका शिर्षतहका नेताहरूले युवा कै बलमा आफैँ अगाडि बढिरहने प्रवृत्ति छ,जसका कारण काङ्ग्रेस भित्रको गुटगत राजनीति दैनिक चुलिँदै गएको देखिन्छ । यसलाई चिर्न पनि अब आफु जस्ता विद्यार्थी नेताहरु अग्रमोर्चामा आउनुपर्ने राउतको उद्घोष छ ।