मुख्य खबरसमाचारफिचर

पालिका अध्यक्ष सहित १० जनाले गरे एकीकृत समाजवादीमा सनाखत

संवाददाता

खबरबाकस \ नेकपा एमाले छाडी एकीकृत समाजवादीमा सोमबार मकवानपुरका पालिकाका अध्यक्ष सहित १० जना जनप्रतिनिधीले सनाखत गरेका छन् ।

एकीकृत समाजवादीमा सनाखत गर्नेहरुमा इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, हेटौंडा उपमहानगरका कार्यपालिका सदस्य कल्पना विक, हेटौंडा १ का वडा सदस्य इश्वरी कामी (सुनार), इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष धनराज महर्जन, थाहा नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सुनिल लामा रहेका छन् । त्यस्तै, बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिना, इन्द्र सरोबर ५ का वडा सदस्य कृष्ण जीत लामा, इमान लो, इन्द्रसरोबर गाउँपालिका कार्यपालिका सदस्य दुर्गावती थोकर, मन्जु रुम्बा रहेका छन् ।

यसअघि एकीकृत समाजवादीमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान लगायत २५ जना जनप्रतिनिधीले एमाले छाड्दै सनाखत गरेका थिए । यो संगै मकवानपुरमा गरी एकीकृत समाजवादीमा सनाखत गर्नेको संख्या ३५ जना पुगेको छ ।

हेटौंडामा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर एमाले छाड्दै जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेको एकीकृत समाजवादीका केन्द्रिय सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।