मुख्य खबरसमाचारफिचर

खुल्ला तर्फको जिल्ला सहसचिबमा नेतृ न्यौपानेको उम्मेद्धवारी घोषणा

संवाददाता

खबरबाकस \ अहिले नेपाली कांग्रेस कार्यकर्ताहरुमा महाधिवेशनको उत्साह छाएको छ । यो उत्साह पर्व जस्तै भएको छ । मकवानपुरको सन्र्दभमा वडा तहमा हिजो आईतबार निर्वाचन सम्पन्न भैसकेको छ भने अब नेपाली कांग्रेस नेताहरुलाई गाउँ\नगरपालिका र जिल्ला तहको निर्वाचन कार्यक्रमले ढप्पकै छोएको छ । अहिले कांग्रेस नेताहरु आआफनो उमेद्धवारी घोषणा गर्ने र प्यानल बनाएर निर्वाचनको तयारी गरीरहेकाछन् । मकवानपुर जिल्ला सभापतिमा अहिले सम्म आधिकारीक घोषणा कसैले गरेको छैन ।

जिल्ला उपसभापतिमा होमनाथ गौतमले उम्मेद्धवारी घोषणा गरेका छन भने नगरसभापतिमा राजेश बानियाँ र उत्सव इटेनीलेले घोषणा गरेकाछन् । धमाधम उमेद्धवारी घोषणा भैरहेको बेला कांग्रेस नेतृ ईन्दिरा न्यौपानेले पनि १४ औ महाधिवेशनमा जिल्ला सहसचिव पदमा उमेद्धवारी दिने घोषणा गर्नु भएको छ । सिधाखबर संग कुराकानी गर्दै न्यौपानेले ट्रेड युनियन र तरुणदल हुदै जिल्ला सदस्य भैसकेकाले महिलाको सहभागीता होस भन्दै सहसचिवमा खुल्ला तर्फ उम्मेद्धवारी रहने बताउनु भएको छ ।

महिलालाई सधै कोटा प्रणालीमा मात्र सिमित हुने परम्परालाई तोड्दै न्यौपानेले कोटा खोज्ने आरोपलाई निस्तेज पार्न आफुले खुल्ला तर्फ सहसचिव पदमा उम्मेद्धवार दिन लागेको बताउनुभयो । यस अघि नेतृ न्यौपानेले महिला संघको सचिव भएर एक कार्यकाल, तरुणदल महिला बिभागको केन्द्रिय सदस्य भएर एक कार्यकाल,नेपाली कांग्रेसको मकवानपुर जिल्ला सदस्य भएर एक कार्यकाल भुमिका निर्वाह गरीसक्नु भएको छ । यो संगै बिभिन्न संघसंस्थाको नेतृत्व तहमा आफ्नो भुमिका निर्वाह गरीसकेको बताउदै नेतृ न्यौपानेले यस पटक सहसचिवमा विजयी गराउन सम्पुर्ण कांग्रेसीहरुमा आग्रह गर्नु भएको छ । आफु सधै महिलाहरुको पक्षमा आवाज उठाउदै उनिहरुकै हकहित र अधिकारका लागी लड्दै आएको बताउदै जिल्ला तहको पदाधिकारीमा पुग्न सके अझ ससक्त भुमिका निर्वाह गर्नेमा आफनो उद्देश्य रहेको बताउनु भयो ।

गैरसरकारी संस्था मकवानपुरको जिल्ला कोषाध्यक्ष भएर दुई कार्यकाल गरेको ठुलो अनुभव संगै महिला ससक्तीकरण तथा गरिवी निवारण समुह नेपाल मार्फत मकवानपुरका करीब १० हजार महिलाहरुलाई स्वरोजगार बनाउन खेलेको भुमिका समेत नेतृ न्यौपानेले बताउनु भयो । लामो समय नेपाली कांग्रेस र पार्टीकै हकहित तथा संगठन बिस्तारमा अहोरात्र खटिएको अनुभवलाई जिल्ला सहसचिव मार्फत अझ सकृय हुन आफुमा प्रेरणा मिल्ने उनले बताउनु भयो । अर्काको आशिर्वाद लिएर भन्दा खुल्ला रुपमा प्रतिष्पर्धाबाट निर्वाचनमा भाग लिई नेतृत्व गर्न आफुलाई मन पर्ने भएकाले उनले खुल्ला तर्फको सहसचिव पदमा आफुले उमेद्धवारी दिने र आफुलाई जिताउन सम्पुर्ण नेपाली कांग्रेसका मतदाताहरुमा अनुरोध गर्नु भएको छ ।