
खबरबाकस \ मकवानपुरमा सोमबार थप २९ जनामा कोरोना पुष्टि भएको छ भने ६ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १५७ जनाको कोरोना जाँच गर्दा २९ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।
११६ जनाको पिसिआर बिधिबाट र ४१ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट २७ र एन्टिजेनबाट २ गरी जम्मा २९ जनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी लक्ष्मण घिमिरेले बताएका छन् । मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १४९४९ रहेको छ।








