
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन देशभर जुरमुराएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता अहिले महाधिवेशनमा केन्द्रित भएका छन् । यसैबीच नेपाली कांग्रेस मकवानपुरको जिल्ला उपसभापति पदमा होमनाथ गौतमले उमेद्धवारी घोषणा गरेका छन्, । लामो समयदेखी नेपाली कांग्रेसको सक्रिय राजनितिमा लागेका गौतम पेशाले निर्माण व्यवसायी हुन । उनले पार्टीको विभिन्न पदमा रही जिम्मेवारी निर्वाह समेत गरिसकेका छन । आईतबार सम्पन्न वडा अधिवेशनबाट जिल्ला बुथ प्रतिनिधि चयन भएपछि गौतमले सोमबार आज जिल्ला उपसभापतिमा उमेद्धवारी घोषणा गरेका हुन् । गौतम १३ औँ महाधिवेशनबाट नेपाली कांग्रेस मकवानपुरको क्षेत्रिय प्रतिनिधि चुनिएका थिए ।
पार्टीमा आफनो लामो योगदान रहेकाले अब पार्टीको गुट अन्त्य गर्न पनि आफनो उमेद्धवारी रहेको बताएका छन् । जिल्लामा गरिखाने र संगठन बनाउने तथा भिन्न खाले कांग्रेसीहरु रहेकाले अब सबैलाई एकछत्र बनाउन लागी पर्ने बताउनु भयो । गुटले पार्टी छताछुल्ल हुने उदाहरण कम्युनिष्ट पार्टीबाट देखिएकाले अब कांगेसले यसबाट पाठ सिक्दै गुट अन्त्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
आफु दुई पटक नेपाली कांग्रेस मकवानपुरको जिल्ला कमिटिमा रहेर काम गरेको बताउदै यो अवस्थामा कांग्रेस बनाउन आफनो उल्लेख्य भुमिका रहेको उनले बताए । एउटा सिपाही भएर कांग्रेसमा लामो समय काम गरेको बताउदै गौतमले अब नेतृत्व तहमा रहेर काम गर्न लागि परेको बताउनु भयो । उपसभापति भनेको जिल्ला चलाउने व्यक्ती भएकाले कांग्रेसमा दुख गर्ने कार्यकर्ताको समस्या सम्बोधन गर्न र जिल्लाको समग्र विकाश निर्माणमा उल्लेख्य भुमिका आफनो रहने उनले बताए ।
आफु उपसभापति भएपछि कांग्रेसले मकवानपुरमा मुहार फेर्ने उहाँको भनाई छ । यो पटक साथीहरुको सहयोग उपसभापतिमा मिल्ने बताउदै १५ औ महाधिवेशनमा सभापतिको तयारी गर्न अगाडी बढेको समेत उनले बताए । आफु जिल्ला सभापतिको पहरेदारको रुपमा रहने बताउदै गौतमले आम बुथ प्रतिनिधिहरुमा सहयोगको अपेच्छा गरेकाछन् । निर्वाचन एउटा प्रकृया रहेको बताउदै गौतमले निर्वाचनबाट आएको प्रतिफललाई स्वीकार गर्दै अगाडी बढ्नसक्ने क्षमता आफुभित्र रहेको बताउनु भयो । आफु पुरानो कांग्रेसी भएकाले कार्यकर्ताले पत्ताए उपसभापति बन्नेमा आशावादीमा रहेको बताउनुभयो ।








