
अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उत्साह छाएको छ । यो उत्साहमा युवा पुस्ताले चासो राखेकाछन । मकवानपुरका १० वटै स्थानिय निकायमा कांग्रेसको १४ औ वडा अधिवेशन आईतबार सम्पन्न भयो । वडा अधिवेशनबाट वडा ईकाई समिति तथा क्षेत्रिय प्रतिनिधि र बुथ प्रतिनिधि छनौट भयो । यही अधिवेशनबाट अब नगर,क्षेत्र र जिल्लाको नेतृत्वय चयन हुदैछ । आगामी भाद्र २७ गते गाउँ÷नगर अधिवेशन हुदैछ भने असोज १० देखी १२ गते सम्म कांग्रेसको जिल्ला अधिवेशन हुदैछ । हिजो सम्पन्न वडा अधिवेशन पछि अब मकवानपुरमा पनि जिल्लातहको नेतृत्वको लागी आआफनो उमेद्धवारी घोषणामा नेताहरु लागी परेकाछन ।
यसै क्रम्मा नेपाली कांग्रेसका युवा नेता राजेश बानियाँले आफनो नगर सभापतिमा उमेद्धवारी रहने बताएकाछन । आईतबार वडा अधिवेशनबाट पहिलो नम्बरमा बुथ प्रतिनिधि चुनिएका नेता बानियाँले अब हेटौडा उपमहानगरपालीका सभापतीमा आफनो उमेद्धवारी रहने जानकारी दिएकाहुन् । सिधाखबर संग कुराकानी गर्दै बानियाँले अब युवा पुस्ताले काग्रेशको नेतृत्व गर्नुपर्ने अबस्था भएकोले अबको नेतृत्व युवा केन्द्रित रहने बताउनु भयो । काग्रेशमा लामो समय क्रियाशिल रहेका काग्रेश नेताहरुको सम्मान गर्दै सबैलाई मिलाएर अगाडी बढाउन आफु तयार रहेको बताउदै बान्नियाले हेटौडा नगर सभापतीमा आफनो चासो रहेको बताउनु भयो । गएको स्थानिय निर्वाचनमा नेपाली काग्रेशको तर्फबाट हेटौडा ५ को वडा अध्यक्ष पदमा निर्वाचित भएपछि बानियाँले पछिल्लो समय राजनितिमा सकृयता बढाएकाछन् । वडा अध्यक्षको सेवा सुबिधा नलिई जनताको लागी खर्च गर्ने वडा अध्यक्षका रुपमा परिचित बानियाँले आफनै ब्यक्तीगत खर्चमा वडाको बिकाशमा उल्लेख्य कार्य गरेकाछन् ।
काग्रेशको नगर सभापति भएपछि नगरमा देखिएका आन्तरीक समस्या समाधानका साथै सम्पुर्ण लोकतान्त्रिक बिचारधारका मानिसहरुलाई प्रजातान्त्रिक प्रणालीमा आबद्ध बनाई आगामी स्थानिय तथा संसदीय निर्वाचनमा मकवानपुरमा काग्रेशलाई बिजयी गराउन आफनो भुमिका उल्लेख्य रहने बताउनु भयो । बानियाँले पार्टीमा संस्थागत हुँदै गएको गुट र विभाजनको संस्कार हटाउनुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेसभित्रको गुटगत राजनीतिले पार्टी कमजोर भएको र आमनिर्वाचनमा पराजय भोग्नुपरेको स्वीकार गर्दै महाधिवेशनबाट नयाँ संस्कार र पद्धति निर्माणमा लाग्नुपर्नेमा जोडदिनु भयो । उनले महाधिवेशन ‘उत्सव’ का रुपमा आएको उल्लेख गर्दै कांग्रेसले नयाँ विचार,नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको बताउदै नगरका सबै काग्रेशीहरुको बिचार बुझेर आफुले हेटौडा नगरसभापतिमा उमेद्धवारी दिन लागेको बानियाँले बताएकाछन ।








