मुख्य खबरसमाचारफिचर

कर्रा खोलामा बगाएका अर्को एक जनाको शव भेटियो

संवाददाता

 खबरबाकस \ शुक्रबार दिउँसो कर्रा खोलामा ट्रकसहित बगाएका दुईजनाकै शव भेटिएको छ । शनिबार एकजनाको भेटिएको थियो भने आज अर्को एक जनाको शव भेटिएको छ ।

शव घटनास्थलबाट करिब १५ किलोमिटर तल चुच्चेखोला स्थित खोला किनारमा भेटिएको छ। उनको सनाखत भने हुन सकेको छैन । कुमालटारबाट दुध बोकेर डेरी जादै गरेका स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेको थिए। हराएका मध्ये गणेश थापा मगरको शव शनिबार साँझ घटनास्थल भन्दा करिब २०० मिटर तल फेला परिसकेको छ।

शुक्रबार दिउँसो उपमहानगरपालिका वडा नम्बर–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम् सिमेन्ट उद्योगबाट चौघडातर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसहित दुईजनालाई बगाएको थियो ।