
हेटौंडा \ मकवानपुर प्रहरी कार्यालयहरुमा ठुलो संख्यामा नियन्त्रणमा लिएका सवारी साधनहरु थन्किएर रहेका छन् । अपराध अनुशन्धान तथा कानुन कार्यान्वयनको शिलशिलामा प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनहरु कार्यालयमा कतै खिया लागरेर बसेका छन्, त कतै जंगलनै भएर रहेको अवस्था छ । प्रहरी कार्यालयहरुमा पर्याप्त पार्किङ नहुँदा अधिकांश सवारी साधन निरन्तरको घामपानीका कारण कवाडी बनिसकेका छन् । जिल्ला प्रशासन र जिल्ला अदालतको मातहतमा रही मुल्याङकन समिति गठन गरी सवारीसाधन लिलाम गर्ने प्रक्रिया भएपनि सम्बन्धित निकायले भने चासो देखाएको पाइदैन् ।
यो एक वर्षको अवधिमा जिल्ला अदालत मकवानपुरले जिन्सी सवारी साधनहरु लिलामी प्रक्रिया अघि बढाउने क्रममा २ चोटी सुचना जारी गरेको थियो तर, कुनैपनि निकाय नआएको अदालतका तहशिलदार तुलसीप्रसाद लामिछानेले जानकारी दिए । जिन्सी व्यवस्थापन गर्नेक्रममा राख्ने ठाँउको अभाव देखिएको भन्दै लिलाम गर्ने मिल्ने खालका सवारीसाधनहरु अदालतले २०७५ सालमा १२ थान गरेको थियो । त्यस्तै दुई पाङग्रे सवारी साधनकै,२०७६ सालमा पनि १० थान लिलाम गरेको अदालतको तथ्याङमा उल्लेख छ । अहिले भने सुचना निकाल्दा समेत लिलाम गर्नको लागि कोहि नआएको लामिछानेले दुखसो पोखे ।
सवारी साधन बेलैमा बिक्री लिलामी हुने हो भने राजश्वमा लाखौं रुपियाँ जम्मा गर्न समेत प्रहरी सफल हुने देखिन्छ । विभिन्न कारणले प्रहरी कार्यालयमा थन्किएका सवारी साधनको समयमै व्यवस्थापन गर्ने तर्फ भने सम्बन्धित निकायको पर्याप्त ध्यान पुगेको देखिन्न । जिन्सी लिलामकै लागि मेकानिक इन्जिनियर सहितको मुल्याङन समिति त बन्छ तर, मुल्य निर्धारण गर्ने कुरामा समेत समस्या हुने गरेको अदालतले जनाएको छ । सवारीहरु लिलामी गर्ने क्रममा सवारी लिने इच्छुकहरु संग मुल्यको विषयमा समेत समस्या पर्ने गरेको लामिछानेले जानकारी गराए । पुराना सवारी साधन हुन्छ, मर्मत गर्नु प¥र्यो, कर तिर्नु प¥र्यो त्यसैले त्यसलाई उचित मुल्य कायम गर्न जरुरी रहेको समेत उनले औंलाए ।
जिल्लामा ठुला—ठुला प्रहरीको कार्यालयदेखि साना चौकीसम्ममा सावरी साधनहरु थन्किएको अवस्था छ । ठुलो संख्यामा २ पाङग्रे तथा चार पाङग्रे सवारी साधन लामा समयदेखि थन्किएर बसेका छन् । यसरी थन्केका सवारीसाधनको अवस्था हेर्दा कुनै भर्खरमात्र आइपुगेको देखिन्छ भने कुनै वर्षौदेखि थन्किएको छ । कतिपय सवारी साधन त देखिनै नसकिने गरी झाडीले पुरीनै लागि सके । ईलाका प्रहरी कार्यालय पशुपति नगरका प्रमुख प्रहरी निरिक्षक सोरप तामाङका अनुसार, हाईवेको युनिट भएको कारणले दुर्घटना बढी हुने गरेको प्रतिक्रिया दिन्छन् । जसमा लागुऔषधको गाडी नियन्त्रणमा लिने गरको बताए । कार्यालयमा लागुऔषधकै गाडी करिब ९० प्रतिशत देखिने उनको अनुमान छ । लगायत अन्य अधिकांश जिल्लामा मुद्धा चलेका सवारी साधनहरु ठाँउ नभएर आफ्नै कार्यालयको वरिपरी थन्किएको लामाको भनाई छ ।
अहिले गाँउ स्तरसम्मै राम्रो सडक सञ्जाल बन्दै आएको छ । बढ्दो शहरीकरणसंगै सवारी साधन मानिसको दैनिकि जस्तै बनिसकेको छ । सवारी साधनको बढ्दो चापसंगै अपराधजन्य घट्नाहरु पनि दिनहुँ बढीरहेको छ । प्रहरी कार्यालयमा आईपुगेका अधिकांश सवारी साधन कागजपत्र साथमा नभएका, मादक पदार्थ सेवन गरि चलाईएका निषेधित क्षेत्रमा पार्क गरेका र सवारी नियम उल्लंघन गरेका हुन्छन् । यस्ता सवारी साधन नियन्त्रणमा लिईन्छ र कारवाही पश्चात सचेत धनीलाई जिम्मा लगाईन्छ ।
तर लागु औषध ओसारप्रसार, गम्भीर घट्नामा संलग्न तथा चोरीका सवारी साधन तत्काल फिर्ता गर्न सकिदैन् । यसरी नियन्त्रणमा लिईएका सवारी साधन मुद्धाको अन्तिम किनारा नलाग्दासम्म प्रहरीकै नियन्त्रणमा रहने गर्दछन् । कतिपय सवारी साधन मुद्धाको किनारा लागिसक्दा पनि समयमै लिलाम हुन नसक्दा तथा कतिपय सवारी धनि समयमै लिन नआँउदा प्रहरी कार्यालयमै थन्किने गरेका छन् । प्रहरी कार्यालयमा रहेका सवारी साधन मध्ये कतिपय भारतीय नम्बर प्लेटका समेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालका अनुसार, जिल्लाका प्रहरी कार्यालयहरुमा अधिकांश लागुऔषध, तस्करी, चोरी, प्रहरी चेकजाँचको क्रममा छोडेर गएकाहरु सवारीसाधन थन्किएर बसेको जानकारी गराए । मुद्धाको अनु्शन्धानको क्रममा समयमै फैसला नहुँदा सवारीसाधनहरु यसरी रहने गरेको रिमालको भनाई छ । यसको व्यवस्थापनको लागि विभिन्न यातयात कार्यालयमा सवारी धनीको पहिचान खुलाउन आग्रह गरि जिम्मा लगाउने प्रयास भईरहेको उनको भनाई छ ।
रिमालका अनुसार, चोरीको सवारीमा इन्जिन नम्बर च्यासीस नम्बर परिवर्तन हुने र हराएका सवारी साधनको बिमा क्लेम गरेपछि बिमा बापतको रकम पाईसकेपछि त्यस्ता खालका सवारीसाधनका व्यक्तिहरु लिन नआउने गरको बताँउछन् । आफुहरुले त्यस्ता खाले सवारी साधन जतिसक्दो लिलाम गर्ने कार्य गरिरहेको उनको भनाई छ ।








