
खबरबाकस \ मकवानपुरमा शुक्रबार थप ३० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १२६ जनाको कोरोना जाँच गर्दा ३० जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।
१०४ जनाको पिसिआर बिधिबाट र २२ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट २८ र एन्टिजेनबाट गरी जम्मा २ जनामा गरी ३० जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
मकवानपुरको आजको कोरोना संक्रमित दर २८ प्रतिशत रहेको छ। मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १४८९६ रहेको छ।








