
खबरबाकस \ कोरोना कहरका कारण बन्द रहेका मकवानपुरका विद्यालयहरु आइतबारबाट सञ्चालन हुने भएको छ । विद्यालयसँग सम्बन्ध रहेका विभिन्न संगठनले तयार पारिएको आचारसंहिताको प्रतिवेदन जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को बैठकमा प्रस्तुत गरिएपश्चात आइतबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय भएको हो ।
बैठकले मकवानपुरमा रहेका स्थानीय तहमा रहेको शिक्षा समितिलाई विद्यालय सञ्चालन गर्ने/नगर्ने सम्पूर्ण अधिकार दिएर आइतबारबाट विद्यालय खोल्ने निर्णय भएको हो । नगर/गाउँपालिकामा रहेका शिक्षा समितिले अब बैठक बसी आफ्नो स्थानीय तहको क्षेत्रमा विद्यालय खोल्ने छलफल गरी सञ्चालन गरिने प्रशासनले जनाएको छ ।
लामो समयदेखी विद्यार्थी इन्टरनेटको पहुँच भएको स्थानमा अनलाइनबाट अध्ययन गरिरहेका छन् भने पहुँच नभएका विद्यार्थीहरु पढ्नबाट बन्चित भइरहेको अवस्था रहेको थियो । शिक्षा समितिको निगरानीमा स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सुरु गरिने जनाइएको छ ।








