मुख्य खबरसमाचारफिचर

२० गते कांग्रेसको वडा अधिवेशन: मकवानपुरमा १० हजार कार्यकर्ताको सहभागीता

मानवी बानियाँ

हेटौंडा \  नेपाली कांग्रेस १४ औं महाधिवेशनको सरगर्मी शुरु भएको छ । भदौ १८ बाट सुरु हुने वडा अधिवेशनका लागि निर्वाचन अधिकृतहरु जिल्ला पुगिसकेका छन् भने राजधानी केन्द्रीत नेताहरु गाँउ वडा तहसम्म पुगेका छन् । क्रियाशिल सदस्यता विवाद मिल्दै गएपछि केन्द्रले मंगलबार तीन सहित ५६ जिल्लाको विवरण सार्वजनिक गरेको छ भने तोकिएकै समयमा अधिवेशन सक्न तयारी तिव्र पारिएको छ ।
मकवानपुर जिल्लामा भने भदौ २० गते हुने भएको छ । बुधबार साँझ पत्रकार सम्मेलन गर्दै पार्टी सभापति इन्द्रबहादुर बानियाँले २० गते १० वटै स्थानीय तहमा अधिवेशन गर्न निर्देशन दिएका छन् । सोही अनुरुप नेपाली कांग्रेसको वडा अधिवेशनका लागि मतदान अधिकृतले धमाधम तयारी गरिरहेका छन् ।

जिल्लाको सबै १ सय २ वटै वडाहरुमा निर्वाचन अधिकृत मनोनयन गर्ने र तोकेकै समयमा अधिवेशन सफल बनाउन गृह कार्य भईरहेको निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जानकारी गराए । उनी बुधबारमात्रै काठमाण्डौंबाट हेटौंडा आएका हुन् । जिल्लाको पार्टी सभापति लगायत अन्य पार्टीका कार्यकर्तासंग अधिवेशनको लागि तयारी गरिरहेको उनले जानकारी गराए । १२÷१३ गतेदेखिनै जिल्लाका निर्वाचन प्रतिनिधिहरु खटिएको उनले बताएका छन् । ‘तयारीमा जुटेका छौं, सभ्य किसिमले र कोरोना महामारीको जोखिमलाई ख्याल राख्दै स्वास्थ्य मापदण्डको उचित पालना गरि अघि बढ्छौं,’ प्रतिक्रिया दिए ।

१ सय २ वटा वडाका साढे ९ हजार क्रियाशिल सदस्य

१४ औं महाधिवेशनको सुरुवाती जग भएकाले पनि गाँउ—गाँउमा वडा अधिवेशनको चहलपहल छ । अधिवेशनको मिति नजिंकिदै जाँदा जिल्लामा अधिकांश नेता कार्यकर्ता गाँउ—गाँउमा भेटघाटमा जुटेका छन् । साढे ९ हजार भन्दा बढी क्रियाशिल रहेको जिल्लामा १ सय २ वटै वडामा अधिवेशन गर्ने तयारी छ । नगरपालिकादेखि गाँउपालिकासम्म अधिवेशनको चहलपहल पुगेको छ । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोईरालाका अनुसार हेटौंडा उपमहानगर वडा नम्बर २ र ९ मा केही समय अघि विवाद देखिएता पनि त्यसको समाधान मंगलबारनै भईसकेको जानकारी गराए । क्रियाशिल सदस्य छान्ने क्रममा सामान्य विवाद भएको थियो तर पार्टीका कार्यकर्ता सबै मिलेर त्यसको समाधानको लागि लागेको समेत कोईरालाले प्रतिक्रिया दिए । पार्टीको मर्म बुझ्ने खालका नेतृत्व अबको वडा तहका अधिवेशनमा आउनुपर्ने उनले तर्क समेत गरेका छन् ।

लामो विवाद र नेतृत्वको गुट—उपगुट स्वार्थका कारण क्रियाशिल सदस्यताको विवाद भएतापनि सबै वडामा अधिवेशन हुने संभव देखिएको छ । जिल्लाका विवादित वडाको मंगलबारनै टुङगाई क्रियाशिल सदस्यको नामावली सार्वजनिक गरेको हो । नामावली सार्वजनिक गरे लगत्तै अधिवेशनको घोषणा समेत गरेको थियो । अन्य जिल्लामा विवाद कायमै देखिदा यता, मकवानपुरमा भने जिल्लाका पार्टी सभापति तथा बागमती प्रदेशका प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले पार्टी विवाद टुङगाउन सफल भएका छन् । अहिले उनी लगायत पार्टी कार्यकर्ताहरु चुनावी चहलपहलमा लागि रहेका छन् ।

प्रलोभनमा नपर्ने नेतृत्व आवश्यक- सचिव लामा
कांग्रेसका नेता, कार्यकर्ता पार्टीको स्थानीयमा आउन हानथाप गरिरहेका छन् । योग्य र सक्षम पुस्तालाई नेतृत्वमा पुराउन र मुलुकको राजनितिकमा प्रभावशाली भुमिकामा पार्टीलाई पु¥याउन १४ औं महाधिवेशन सार्थक हुनुपर्ने कांग्रेसका नेता कार्यकर्ताको चाहाना रहेको छ । नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाका अनुसार राजनैतिक दृष्टिकोणले बुझेका नेतृत्व आउन जरुरी रहेको प्रतिक्रिया दिए । लामा भन्छन्,‘कांग्रेसको विचार बोकेका र आदर्श अध्ययन गरेकाहरु लागि यो एउटा सुवर्ण अवसर हो’। साथै वडा अधिवेशनले नयाँ जिम्मेवारी पाउनु पर्छ, नयाँ पुस्ताले समेत अहिलेको नेतृत्व हाक्न सक्नुपर्छ लामाले भने । संगठनलाई मजबुत गराउने खालको र सबैभन्दा मुख्य कुरा कुनैपनि किसिमको प्रलोभनमा नपर्ने विषयमा चनाखो हुनुपर्ने उनको भनाई छ । जिल्लादेखि केन्द्रसम्मको प्रतिनिधिहरु चुन्न पाईने भएकोले वडा अधिवेशनले कांग्रेसको भविष्य समेत बोकेको प्रतिक्रिया दिए । राजनितिक चिन्तनलाई आत्मसात गर्ने खालको, सांगठनिक रुपमा मजबुत खालका नेतृत्वको सहभागी भई हर्ष उल्लासका साथ सम्पन्न हुने उनले बताए ।

गलत क्रियाकलाप निरुत्साहित पार्न आवश्यक-पराजुली

वडा अधिवेशनमा अबको नेतृत्व कांग्रेसलाई पत्ताउने खालको नेतृत्व हुनुपर्नेमा नेपाली कांग्रेसका नगरसभापति आनन्दराम पराजुलीले प्रतिक्रिया दिए । पछिल्लो समय पार्टी भित्रै देखिएको बेथितीलाई अन्त्य गर्न आजको प्रमुख आवश्यकता रहेको उनको भनाई छ । पराजुली भन्छन्, ‘गलत क्रियाकलाप निरुउत्साहित पार्ने खालका नेता यस वडा अधिवेशनमा चुनिनुपर्नेछ’ । ‘हिजो नेपाली कांग्रेस प्रतिपक्षमा थियो, अहिले पार्टी सत्तामा छ, सत्ताको नेतृत्व गरिरहेको छ’ उनले भने । यो पारिवर्तित परिस्थितिले त्यसको जिम्मेवारी पनि बढाएको छ साथै अरुहरुले त्यसलाई हेर्ने दृष्टिकोण पनि फेरिएको छ । यस्ता खाले सबै परिस्थितीलाई बुझ्ने खालका नेतृतवको आवश्यक रहेको पराजुलीले जानकारी गराए ।

प्रत्येक वडा १ सय ५० भन्दा मुनी क्रियाशिल सदस्यहरु रहेका छन् भने त्यहाँबाट १६ जना अधिवेशनमा चुनिन्छन्, १ सय ५० भन्दा माथी रहेका छन् भने २२ जना र त्यो भन्दा माथी छ भने, प्र्रत्येक १ सयको संख्यामा ६÷६ जनासम्म वडा सदस्यहरु थपिँदै जानेछन् । जसमा समावेशी सहितको रहेका हुन्छन् । मकवानपुरको अवस्थामा भने १६ देखि ३८ र ४६ सम्मका एउटै वडाबाट चुनिने अवस्था रहेको छ ।