मुख्य खबरसमाचारफिचर

मकवानपुरका १० स्थानीय तहका वडाको अधिवेशन भदौ २० गते हुने

संवाददाता

 खबरबाकस \ मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन भदौ २० गते हुने भएको छ । पार्टी कार्यालयमा बुधबार साँझ जिल्ला पदाधिकारी, सल्लाहकार, क्षेत्रीय सभापति, जिल्ला निर्वाचन अधिकृतसहितको भेलाले भदौ २० गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।

१४ औं महाधिवेशन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति इन्द्रबहादुर बानियाँले अधिवेशनबारे जानकारी दिएका थिए । उनले स्वास्थ्य मापदण्ड पालना गरेर अधिवेशनको प्रक्रिया अघि बढाउने, निष्पक्ष र सक्रिय ढंगले वडा तहको अधिवेशन गर्ने उद्देश्यले भदौ २० गते गर्ने सहमति भएको बताए ।

त्यहाँ छनौट भएका वडा कार्यसमितिले वडा र प्रतिनिधिहरूले माथिल्लो तहको नेतृत्व छनौट गर्ने बताइएको छ । उनले पार्टीका नेता कार्यकर्ताले आफुलाई प्रदेश सभापतिमा अघि बढ्न सुझाव दिएको बताउँदै आवश्यक परे त्यसतर्फ अघि बढ्ने समेत बताएका थिए । तर यसबारे समय र आवश्यकताका आधारमा अघि बढ्ने उनको भनाइ छ । मकवानपुरमा १० स्थानीय तहमा १०२ वटा वडाहरु रहेका छन् ।