
खबरबाकस \ नेपाली कांग्रेसको निर्वाचन सरगर्मी बढीरहेको । वडा तह देखी जिल्ला हुदै राष्ट्रिय महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । यसै सन्र्दभमा मकवानपुरमा पनि नेपाली कांग्रेसको निर्वाचन सरगर्मी तातेको छ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिले बुधबार गरेको उपमहानगर स्तरीय तरुण भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस कोभिड व्यवस्थापन समिति संयोजक उत्सव ईटेनीले हेटौडा उपमहानगर सभापतिका आफनो उम्मेदवारी घोषणा गरेका छन् ।
आफ्नो भनाई राख्दै उनले अबको अधिवेसनमा आफ्नो नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । ईटेनीले अहिलेको आवश्यक्ता र अनुसार आफुलाई नगर सभापतिको नेतृत्वमा अब्बल रहेको बताउदै उम्मेदवारी घोषणा गर्नु भएको हो । मकवानपुरमा उम्मेदवारी घोषणा गर्ने सम्भवत ईटेनी पहिलो नेताको रुपमा देखिएकाछन्, ।
इटेनी २०५१ सालमा बुथप्रतिनिधि हुदैं नेपाली कांग्रेसको १२ औं महाधिवेसनबाट जिल्ला सदस्य, १३ औं अधिवेसनमा जिल्ला कोषाध्यक्षमा पराजित भएका थिए । उनी हाल नेपाली कांग्रेसले देशभर जिल्लामा गठन गरेको कोभिड १९ अनुगमन व्यवस्थापन समितिको संयोजक भई काम गरिरहेका छन् ।








