
खबरबाकस \ एसियन हाइवे अन्तरगत पर्ने बागमती प्रदेशको राजधानी हेटौंडा बजारभित्रको सडक १६ मिटर भत्काउन विना मुआब्जा दिने तर हाइवे वाइपासबाट हुनेपर्ने बताएका छन् । हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा बसोबास संरक्षण मूल समितिका संयोजक कृष्ण कटुवालले हेटौंडा बजारभित्र १६ मिटर बिना मुआब्जा र त्यसभन्दा बढी मिटरभए उचित मुआब्जा पाउनुपर्ने बताए ।
हेटौंडा उपमहानगरले हेटौंडाको सडक विस्तारको विषयमा जुन कुरा भनेको छ त्यो भ्रमपूर्ण रहेको भन्दै स्थानीय निकायसँग भत्काउने अधिकार नभएको बताए । जनमानसमा आशंकित गर्ने खालको क्रियाकलाप उपमहानगरले गरेकोले आपत्ति जनाउदैं संयोजक कटुवालले हामी विकास विरोधी नभई लामो समयदेखी बसोबास गर्दै आइरहेकोले हामी सँग लालपुर्जा छ सरकारलाई कर बुझाइरहेकाले सर्वोच्च अदालतमा रहेको मुद्दा विचाराधिनमा रहेको अवस्थामा सडक फराकिलो गर्नु भन्नु कत्तिको जायज हो भनी बताएका छन् ।

कटुवालले सर्वोच्च अदालतमा रहेको मुद्दाले भत्काउन आदेश दियो भने हामी आफैं भत्काउनेछौं, उचित मुआब्जा दिए २५/३० जति आवश्यक छ सोही अनुरुप भत्काउन दिइने बताए । सडक डिभिजनले सुचना जारी गरे पश्चात घरभत्काउन थालेपछि २५० भन्दा बढी नागरिकले सर्वोच्चमा मुद्दा हालेको मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठले बताए । सम्मेलनमा संघका पूर्व अध्यक्ष केशव श्रेष्ठ, उत्तमशर्मा ढकाल, घरधनी ज्योतीरत्न बज्रचार्य, केदार न्यौपाने, विजेन्द्र अग्रवाल लगायतको उपस्थिती रहेको थियो । मुख्य बजारभित्र सडक विस्तार गर्दा सडकको दायाँबायाँ गरी १७ सय ७४ घरधुरी पर्ने जनाइएको छ ।








