
खबरबाकस \ बागमती प्रदेश सरकारले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत थप ४ वटा कार्यालयहरु थप गर्ने निर्णय गरेको छ ।
नागरिकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ प्रदेश सरकारले ४ वटा कार्यालयहरु थप गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले वन मन्त्रालय अन्तर्गतको ३ वटा भू तथा जलाधार संरक्षण कार्यालय र पर्यटन विकास आयोजना उपशाखा गरी ४ वटा कार्यालय थप गर्ने निर्णय गरेको हो ।
बाढी, पहिरोको नियन्त्रण गर्नका लागि प्रदेश सरकारले मकवानपुर, रामेछाप र नुवाकोट जिल्लामा कार्यालय स्थापना गर्न लागेको हो । यस अघि ललितपुर सिन्धुपाल्चोक कार्यालय स्थापना भइसकेको छ ।
यसैगरी प्रदेश सरकारले काठमाडौंमा पर्यटन विकास आयोजना कार्यालयको उपशाखा स्थापना गर्ने निर्णय समेत गरेको छ । सेवा प्रवाहलाई सहज बनाउनका लागि काठमाण्डौ पर्यटन आयोजना उपशाखाको रुपमा स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको मुख्यमन्त्रीका निजी सचिव नवराज पुडासैनीले बताए । सेवाग्राहीलाई सहज पुग्ने हिसाबले कार्यालय स्थापना गरिएको पुडासैनीले बताए ।








