मुख्य खबरसमाचारफिचर

कोगटे खोलामा पौडी खेल्दा चिप्लिएर एक जनाको मृत्यु

संवाददाता

हेटौंडा \  मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ कोगटे खोलामा पौडी खेल्न गएका एक युवा चिप्लिएर मृत्यु भएको छ ।

भिमफेदी गाउँपालिका वडा नम्बर ८ मा रहेको कोगटे खोलामा पौडी खेल्न गएका ललितपुर घर भएका १९ बर्षीय सितब बडाल चिप्लिएर खोलामा बेपत्ता भएका पछि प्रहरी, स्थानीयले खोजी गरेपछि उनको शव भेटिएको थियो ।

ललितपुरबाट साथीहरूसँग मिलेर पौडी खेल्न आएका ति युवा पौडि खेल्ने क्रममा ढुङ्गामा चिप्लिएर बेपत्ता मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।