मुख्य खबरसमाचारफिचर

जिल्ला सभापतिहरूसँग पौडेल पक्षको छलफल : सानेपामा जारी धर्ना र अनसन स्थगित गराउने तयारी

संवाददाता

काठमाडौं \ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले रिले अनसनरत जिल्ला सभापतिहरूसँग छलफल गरेको छ । शनिबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आफू निकट जिल्ला सभापतिहरूसँग पौडेल पक्षले छलफल गरेको हो । पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ताबारे नेताहरुले जिल्ला सभापतिलाई बिफ्रिङ गरेका थिए ।

पौडेल पक्षका नेताहरु शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे देउवालाई भेटेका थिए । जिल्ला सभापतिका माग र १८ भदौमा हुने वडा अधिवेशनबारे उनीहरुले छलफल गरेका थिए ।

देउवाले जिल्ला सभापतिका मागको सम्बोधन र  १८ भदौमै वडा अधिवेशन गर्ने विषयमा सहमति जनाएका थिए । आगामी मंसिर ९–१३ महाधिवेशन गर्ने कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन गर्ने काँग्रेसको तयारी छ । तर क्रियाशील सदस्यको नामावली प्रकाशन लगायतका विषयमा विवाद सकिएको छैन ।

शुक्रबार साँझ सभापति देउवालाई भेटेका पौडेल पक्षका नेताहरुको शनिबार बिहान पार्टी कार्यालय सानेपामा धर्ना र रिले अनसन गरिरहेका जिल्ला सभापतिसँग छलफल गरेका हुन् ।