
खबरबाकस \ मकवानपुरमा शुक्रबार थप ५५ जनामा कोरोना पुष्टि भएको छ ।
बिहिबार ३५ जनाका पुष्टि भएको थियो तर शुक्रबार भने ५५ जना रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए । शुक्रबार मकवानपुरमा १४२ जनाको कोरोना जाँच गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
मकवानपुरमा पछिल्लो २४ घण्टामा १०९ जनाको पिसिआर बिधिबाट र ३३ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट ५० र एन्टिजेनबाट गरी जम्मा ५ जनामा गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो।








