
खबरबाकस \ राप्ती खोलामा एक महिलाको शव फेला परेको छ। हेटौंडा १९ नेवारपानी स्थित राप्ती खोलामा रामेछाप सुनापति गाउँपालिका १ घर भएकी ६० वर्षीया रत्नमाया गौतम शव फेला परेको भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन् । रामेछाप घर भएकी गौतम केही दिनदेखी हेटौंडा ६ पुतलीबजार माइतमा रहेकी थिइन।
विहान आफन्तले खोजी गर्दा निजले लगाएको चप्पल हेटौंडा ६ पुतलीबजारमा रहेको कर्रा पुलमा फेला परेको थियो । चप्पल पुलमा फेला परेपछि खोलामा हामफालेको अनुमान प्रहरीको रहेको छ । वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट, ईलाका प्रहरी कार्यालय पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको २० जना प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयले कर्रा तथा राप्ती खोलामा खोजी कार्य गरेको थियो।
खोजी कार्य गर्दा महिलाको शव हेटौंडा १९ स्थित राप्तीखोलामा फेला परेको डिएसपी रिमालले बताए।








