
खबरबाकस \ मकवानपुरको भिमफेदी १ सानुटार स्थित राप्ती खोलामा मालवाहक ट्रक दुर्घटना हुदाँ एकको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।
मृतकको साथबाट फेला परेको सवारी चालक अनुमति पत्र अनुसार मृत्यु भएका चालक सिन्धुली लम्पटार १ बस्ने भोजराज बस्नेत भन्ने रहेको र आवश्यक सिन्धुली प्रहरी सँग बुझ्ने काम भएको मकवानपुर प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा चालक मोरङ सुन्दरहरैचा-८ बस्ने ३१ बर्षीय राजन बास्कोटा र ट्रकका सहचालक सोही ठाउँ बस्ने २४ बर्षीय सरोज आचार्य घाइते भएका छन्। घाइते मध्ये चालक बास्कोटाको चुरेहिल अस्पतालमा उपचार भइरहेको र सहचालक आचार्यलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाइएको छ।
शुक्रबार बिहान त्रिभुवन राजपथ अन्तर्गत फलाम बोकेर काठमाडौं जादै गरेको प्रदेश १-०२-००१ ख ८७५९ नम्बरको आईचर ट्रक भिमफेदी -१ सानुटार स्थित राप्ती खोलामा खसेको थियो।








