
खबरबाकस \ हेटौंडामा मिडियामा समावेशीकरण र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी नीतिगत छलफल तथा उत्तरदायी पत्रकारिता अभिमुखीकरण कार्यक्रम भएको छ ।
विहीबार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा मकवानपुर शाखाको समन्वयमा भएको छलफल कार्यक्रममा नीतिगत तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा माधव न्यौपाने, भानुभक्त आचार्य, प्रताप विष्ट, हरि हुमागाई, महासंघ धादिङ जिल्ला अध्यक्ष राजाराम शर्मा लगायतले आफ्ना धारण र मकवानपुरको पत्रकारिताको अवस्थाबारे भनाइ राखेका थिए ।
त्यस्तै, उत्तरदायी पत्रकारितामा नागरिक समाजको नजरमा कस्तो हुनुपर्ने हो भन्दै नागरिक समाज मञ्च मकवानपुरका संयोजक रमिला सापकोटा, माइती नेपाल मकवानपुरका संयोजक माया लामा, मानव अधिकारकर्मी कुमारी वाइवा लगायत पत्रकारहरुले आफ्नो भनाइ राखेका थिए ।

महासंघ जिल्ला शाखा अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको छलफल कार्यक्रम महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाई, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्य सुनिल खड्का, प्रदेश निवर्तमान अध्यक्ष प्रताप विष्ट, जिल्ला निवर्तमान अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष भानुभक्त आचार्य लगायत मकवानपुरका विभिन्न सञ्चारगृहका सम्पादक, प्रकाशक तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
मिडियामा समावेशीकरण र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी नीतिगत छलफल तथा उत्तरदायी पत्रकारिता अभिमुखीकरण महासंघका कार्यक्रम प्रमुख हिरण्य जोशी र कार्यक्रम प्रबन्धक संघर्ष पन्तले सहजिकरण गरेका थिए ।








