मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि

संवाददाता

 खबरबाकस \ मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ भने कोरोना मुक्त हुनेको संख्या ८  रहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा ११६ जनाको कोरोना जाँच गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

८२ जनाको पिसिआर बिधिबाट ३३ जना र एन्टिजेन विधिबाट २ जना गरी ३५ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर ३० प्रतिशत रहेको छ।