मुख्य खबरसमाचारफिचर

हेटौंडाका सबै व्यवसाय विहान देखी साँझ ६ बजे सम्म खुल्ने

संवाददाता

हेटौंडा \ मकवानपुरमा सबै व्यवसाय १२ घण्टा खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै विहान ६ बजेदेखि साँझ ६ बजेसम्म व्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो ।

यसअघि खाद्यान्न १० बजेसम्म र गैरखाद्यान्न व्यवसाय ५ बजेसम्म संचालनमा थिए । यातायात पनि पूर्ण रूपमा संचालनमा आइरहेको थियो । यसअघि जारी निषेधाज्ञालाई भदौ २० गतेसम्म लम्ब्याउँदै जिल्ला सफ्ट लकडाउन गरेको सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना