
खबरबाकस \ मकवानपुर प्रहरीले मिनिट्रकबाट लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
थाहानगरको डाँडाखर्कबाट शिखरकोटतर्फ जाँदै गरेको ना ७ ख ७६६४ नंबरको मिनि ट्रकबाट १ सय ४ किलो लागुऔषध गाँजा सहित मकवानपुरगढी गाउँपालिका वडा नं ८ बुढिचौर बस्ने ४१ वर्षका अम्बर बहादुर घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डिएसपी जयश्वर रिमालले बताउनुभयो ।
भाद्र ८ गते प्रहरीले घिसिङको साथबाट उक्त परिमाण लागुऔषध बरामद गरेको हो । प्रहरीले ट्रकमा चेकजाँच गर्दा आलुको बोरा लोड रहेको बिचभागमा लुकाएर राखेको अवस्थामा ८ वटा पोकामा गाँजा फेला परेको थियो । लागु औषध गाँजा, ट्रक र घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








