मुख्य खबरसमाचारफिचर

मेरै सहमतिमा शाक्य मुख्यमन्त्री बन्नु भएको हो: नेता नेपाल

संवाददाता

काठमाडौं \  प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् । तर अब के हुन्छ भन्ने शाक्यमा भर पर्ने उनले बताए ।

नेता नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ मुख्यमन्त्री बनेकी छन् । तर उनी नेकपा एकीकृत समाजवादीमा गएकी छैनन् । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने मुख्यमन्त्री शाक्यले अब एउटा दल रोज्नुपर्ने बताए ।

मंगलबार चन्द्रगिरिमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘उहाँ (अष्टलक्ष्मी)ले सहमति लिनु भएकै हो । तर उहाँ अप्ठ्यारोमा हुनुहुन्छ ।’