मुख्य खबरसमाचारफिचर

४३ जना थपिए मकवानपुरमा कोरोना संक्रमित

संवाददाता

 खबरबाकस \ मकवानपुरमा मंगलबार थप ४३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा २२५ जनाको कोरोना परिक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो।

तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १०९ जनाको पिसिआर बिधिबाट र ११६ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट ३६ र एन्टिजेनबाट ७ गरी जम्मा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।

मकवानपुरको आजको कोरोना संक्रमित दर १९ प्रतिशत रहेको छ।