मुख्य खबरसमाचारफिचर

हेटौंडामा मनाइयो गाईजात्रा पर्व

संवाददाता

खबरबाकस \ बागमती प्रदेशको राजधानी हेटौंडामा नेवार समूदायले मनाउने पर्व गाइजात्रा पर्व मनाइएको छ । सोमबार हेटौंडामा पिपलबोटबाट सुरु भएको जात्रा संगमचोक हुदैं कान्तिराजपथ, बुद्धचोक, सिमाचोक हुदैं टिसिएन मन्दिरमा पुगेर गाईजात्रा समापन गरिएको नेवाः साँस्कृतिक पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।

No description available.

नेवारी समुदायले मृत आत्माको चिरशान्तिको कामना गर्दै घरबाट विभिन्न भेषभुषा धारण गरी मनाइने गरिन्छ । सोही अनुरुप हेटौंडामा सामूहिक रुपमा गाइजात्रा मनाइएको नेवाः गुठी खलका अध्यक्ष अनिल खड्गेले बताए । मानिस मर्नु पर्छ मरे आफ्नो धर्म संस्कृति अनुरुप तामाङले घेवा गरेजस्तै हामीले गाइजात्रा मनाउने गरेको बताउदैं सरकारले दिएको स्वास्थ्य मापदण्ड अनुरुप पर्व मनाइएको बताए ।

No description available.

सरकारले देशभर नेवार समुदायलाई विदा दिएता पनि बागमती प्रदेश सरकारले भने १३ वटै जिल्लामा सार्वजानिक विदा दिएको छ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ ।

यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । प्रताप मल्लको पालादेखि चलनमा आएको गाईजात्रा हनुमानढोकाको राजप्रसाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि चलिरहेको छ ।

No description available.