
खबरबाकस \ हेटौंडाबाट अपहरण गरी भारत पु¥याइएका २ जना युवकको नेपाल प्रहरीले उद्धार गरेको छ ।
उद्धार गरिएकामा हेटौंडा–९ स्वागतटोलका २२ वर्षका पवन राना मगर र २३ वर्षका गोविन्द श्रेष्ठ रहेका छन् । उनीहरुलाई ३ जना भारतीय नागरिकले अपहरण गरि भारतिय रकम ५ लाख रुपैंया फिरौती रकम मागेका थिए ।
भदौ ३ गते विहीबार राति हेटौंडा बसपार्कबाट अपहरण गरी भारतको पूर्वी चम्पारणको मोतिहारी पुराइएको थियो । उनीहरुको मोतीहारीबाट सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।
अपहरणबाट उनीहरुका आफन्तले प्रहरी कार्यालयमा खबर गरेपछि मकवानपुर प्रहरीको सक्रियतामा पर्सा प्रहरी र भारतिय प्रहरी टोलीले उद्धार गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताउनुभयो । आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले दुई युवक परिवारको जिम्मा लगाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








