मुख्य खबरसमाचारफिचर

आफू पार्टी एकताको पक्षमा रहेको :मुख्यमन्त्री शाक्य

संवाददाता

काठमाडौं \  बागमती प्रदेश नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताउनु भएको छ । शाक्यले नेकपा एमालेलाई विभाजन गराउने शक्ति एकजुट भएर लागेको भन्दै प्रतिवाद गर्न आह्वान समेत  गर्नुभयो ।

एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले यस्तो बताउनु भएको हो ।पार्टी एकता कार्यदलले तयार पारेको १० बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नु भयो  । आफूहरु अझै एकताको पक्षमा रहेको भन्दै उनले केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्ने उहाँको विश्वास थियो ।

उहाँले ‘हामी एकजुट भएको भए आज यो विचलित हुनुपर्ने अवस्था आउने थिएन’, शाक्यले भन्नुभयो । उहाँले अहिलेको अवस्थाबाट पार्टीले केही नोक्सानी व्यहोरेको भन्दै नेतृत्वभित्रको बेमेलको कारण पार्टी एक हुन नसकेको बताउनु भयो । आफूभित्र लडेर पार्टीलाई फाइदा नहुने शाक्यले बताउनुभयो । पार्टी जोगाउनको लागि वाग्मती प्रदेशमा डोरमणि पौडेलले गरेको त्याग सम्मानयोग्य भएको पनि शाक्यले बताउनुभयो ।