मुख्य खबरसमाचारफिचर

प्रदेश प्रमुखहरु परिवर्तन गरिने प्रवृत्ति ठिक होइन: प्रसाई

संवाददाता
बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेहरूले नै अहिले एमाले फुटाएको दावी गरेका छन् ।

शेरबहादुर देउवाले ल्याएको पार्टी विभाजन गर्ने अध्यादेश कुनै हालतमा ठीक नभएको उनको भनाइ छ । सरकारले प्रदेश प्रमुखबाट हटाएको दुई दिनपछि पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले पार्टी फुटाउने अध्यादेश ओलीले ल्याउँदा बेठिक, शेरबहादुरले ल्याउँदा ठिक कसरी भयो भन्दै प्रश्न गरेका थिए । निवर्तमान प्रदेश प्रमुख प्रसाईंले शेरबहादुर देउवा नेतृत्वको सरकार संवैधानिक नभएको बताएका छन् । उनले सरकार गैरजिम्मेवार ढंगबाट अघि बढेको पनि आरोप लगाए ।

‘आफू पदमा रहँदा वा नरहँदा समृद्ध नेपाल, सुखी नेपालीको भूमिकामा रहेर काम गरेको छु,’ प्रसाईंले भने । राजनीति गरेरै जिवन बिताएकाले प्रदेश प्रमुखको जिम्मेवारी साँघुरो कोठा जस्तै भएको उनको भनाइ छ ।