मुख्य खबरसमाचारफिचर

भिडभाड नगरी चाडपर्व मनाउन प्रशासनको आग्रह

संवाददाता

खबरबाकस \ जिल्ला प्रशासन मकवानपुरले चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेका कारण चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको हो ।

मकवानपुरमा आगामी भदै १० गतेसम्म कोरोना संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएकोले जिम्मेवार भएर निषेधाज्ञाको पालना गरि चाडपर्व मनाउन सबै नागरिकहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आग्रह गरेका छन्, ।

जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रा लगायतका पर्वहरू स्वास्थ्य मापदण्ड अपनाई परम्परागत रुपमा सांकेतिक तवरले मनाउन हुन र भिडभाडजन्य गतिविधि नगर्नु-नगराउनु हुन सर्वसाधारण सबैमा अनुरोध गरिएको छ ।

IMG_20210820_WA0001.jpg