मुख्य खबरसमाचारफिचर

मानव बेचबिखन प्रदेशमै घट्दो अवस्था

मानवी बानियाँ

हेटौंडा \ मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुष हरुलाई समेत गलत कार्यहरु जस्तै श्रम, यौन जस्ता कार्यमा जवर्जस्ती संलग्न गराउँदछ ।

महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ । मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ । कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो । हरेक बर्ष झै यस बर्ष पनि संयुक्त राष्ट्र संघले मानव बेचबिखन सम्बन्धि जनमानस हरुमा सचेतना फैलाउन आज (शुक्रबार) को दिनमा यो दिवस मनाउदै छ । गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक जागिरको प्रलोभनमा त कतिलाई बिवाहवारीको मायाजाँलमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको सामान्य उदारहणहरु भेटिने गरेका छन् ।

अघिल्ला वर्षहरुमा भन्दा अहिले मानव बेचबिखनका मुद्धाहरु घट्दै गइरहेको अवस्था एक तथ्याङले देखाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको त्रिवर्षिय तथ्याङ अनुसार पछिल्ला वर्षहरु मानव बेचबिखनका मुद्धाहरु घट्दो अवस्था रहेको देखाएको हो । आर्थिक वर्ष २०७५-०७६ सालदेखि २०७७\०७८ सालसम्मको तथ्याङ हेर्दा एकदमै न्युन रहेको देखिएको छ । २०७५\०७६ मा प्रदेशभर मानव बेचबिखनको मुद्धा २० वटा थियो भने, त्यसको अघिल्लो वर्ष २०७६\०७७ मा त्यसको संख्या घटेर १३ पुग्यो र गत आर्थिक वर्ष २०७७\०७८ मा पाँचवटा मात्र दर्ता भएको कार्यालयको तथ्याङले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङमा हेर्ने हो भने, अहिले पछिल्लो समय मानव वेचविखनको मुद्धा छदैंँ छैन् । करिब चारवर्ष अघिसम्म वर्षमा पाँचदेखि ११ वटा मानव वेचविखन तथा यौन धन्दामा लगाईएको मुद्धा परेको देखिन्छ । तर, अहिले निकै कमि आएको छ । गत वर्ष एक वटामात्रै मानव वेचविखन विरुद्धका मुद्धा दर्ता भएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । रिमालका अनुसार, मानव तस्करी, अमानविय र जोखिमपुर्ण काम गराउने, यौन धन्दामा लगाउने, मानव अंग तस्करी गर्ने खालका घट्नाहरु मकवानपुरमा नरहेको बताए ।

माईति नेपाल मकवानपुरकी संयोजक, माया लामा बताँउछिन्, केहि वर्ष अघिसम्म मकवानपुरमा दास बनेर बस्ने चलन, सर्कसमा जाने लगायतका सम्म घट्नाहरु आँउथे तर, अहिले धेरैनै न्युनिकरण भएको उनको भनाई छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लागु भए पश्चात निकैनै कमी आएको उनको भनाई छ ।

जनचेतनासंगै कानुनपनि बलियो रुपमा प्रस्तुतभएपछि यस्ता खाले घट्ना कम हुन थालेको लामाको भनाई छ । जनचेतना वृद्धीकै कारण बेचबिखन घट्दो अवस्थामा पुगेको लामाले बताईन् । अघिल्ला दिनहरुमा सरकारवालाहरु समेत व्यवास्ता थिए तर अहिले हरेक निकायहरुले जनचेतनामुलक कार्यक्रमको आयोजना गर्ने, काउन्सिलिङ गर्ने जस्ता कार्य गरेको हुँदा यसको कमी आएको लामाको भनाई छ ।