मुख्य खबरफिचर

यादवचन्द्रले लिए बागमती प्रदेश प्रमुखको शपथ

संवाददाता

बागमती प्रदेशका नवनियुक्त प्रमुख यादवचन्द्र शर्माले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा १६७ बमोजिम शपथ गराएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित हुनुहुन्थ्यो ।