
खबरबाकस \ संविधान को धारा ३४(२)मा सबैलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिनुपर्ने व्यवस्था अनुरुप श्रम ऐनमा सामाजिक सुरक्षा ऐन २०७४मा उल्लेख भए अनुसार काम गर्ने असंगठित क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा नसमेटिएको भन्दै बागमती प्रदेशको राजधानी हेटौंडामा श्रमिकहरुको १० वटा टे«ड युनियन महासंघले विरोध जनाउदैं मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
हेटौंडा १० मेनरोडबाट निस्किएको ¥याली सहितको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको टोलीले सामाजिक विकास मन्त्री कृष्ण प्रसाद शर्मा खनाललाई पाँच बुँदे माग सहित ज्ञापन पत्र बुझाइएको छ । पत्रबुझ्दै मन्त्री खनालले आफु मागहरुप्रति सकरात्मक रहेको र क्याविनेटको बैठक र संसद हाउसमा यस विषयमा छलफल गरिने बताएका थिए । त्यस्तै, केन्द्रले मुख्यमन्त्रीलाई पनि ज्ञापन पत्र बुझाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई ज्ञापनपत्र बुझाइएको केन्द्रका अध्यक्ष जगत सिम्खडाले बताए ।

श्रम ऐनको दफा १४५मा श्रमिक जुनसुकै अवस्थामा उद्योग प्रशासनले हटाउन मिल्ने व्यस्था रहकाले उक्त धारा खारेज हुनुपर्ने माग सहित केन्द्रीय कार्यक्रम अनुरुप मुख्यमन्त्री तथा मन्त्रीलाई ज्ञापन बुझाइएको ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका उपाध्यक्ष कुमार पौडेलले बताए । १० वटा महासंघको संयुक्त रुपमा आन्दोलन स्वरुप सातै प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्य भएको उनले बताए ।
सामाजिक सुरक्षा लागु गर, दफा १४५ खारेज गर, सम्पूर्ण श्रमिक एक हौं भन्दै नारा लगाइएको थियो । सामाजिक सुरक्षा कोषमा सुचिकृतनै नहुने र श्रमिकलाई पनि सुचिकृत नगराउने, जस्ता काम भइरहेकाले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पूर्ण कार्यान्वयन गरिनुपर्ने माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।








