मुख्य खबरसमाचारफिचर

बागमती प्रदेश प्रमुख प्रसाई पद मुक्त, शर्मा नियुक्त

संवाददाता

काठमाडौं \  सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुन् । गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।