
खबरबाकस \ बागमती प्रदेश सरकारको अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि पहिलो मन्त्रीपरिषदको बैठक भएको छ । बुधबार अबेर राती सम्पन्न बैठकले दुईवटा निर्णय गरेको छ ।
बैठकले कोभिड खोप कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री र भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका मन्त्री केशबराज पाण्डेले बताए । बैठकले पाण्डेलाई सरकारको प्रवक्ताको जिम्मेवारी समेत दिएको छ ।








