
हेटौंडा \ महिला तथा बालबालिका सम्बन्धी अपराध दिनप्रतिदिन बढ्दो छ । महिला तथा बालबालिकालाई डर–त्रास, धाक–धम्की देखाई, ललाई फकाई, प्रेम विवाहको बहानामा जबरजस्ती करणी र करणी उद्योगका घटनाहरु बढ्दो अवस्थामा रहेको छ । समाज जतिनै परिवर्तनशिल भएपनि महिला डर—त्रास र ललाई फकाईमा पर्ने गरेको प्रहरीले जनाएको छ । जति धेरै जनचेतनात्मक कार्यक्रमहरु आउन थाल्यो यि अपराधहरु घट्नुको साटो बढ्दो अवस्थामा छ । महिला तथा बालबालिकाका मुद्धाहरु प्रहरी समक्ष नपुगेको दिन हुन्न । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले एक तथ्याङ निकालेको छ । जसमा त्रिवर्षिय अपराधमा गतिविधिमा गत आर्थिक वर्षमा १५ प्रतिशतले वृद्धी भएको देखाएको छ । गत आर्थिक वर्ष २०७७/०७८ पाँचसय १० को संख्यामा मुद्धा दर्ता भएका छन् । २०७५/०७६ मा तीनसय २८ मुद्धा दर्ता भएको थियो भने, आर्थिक वर्ष २०७६/०७७ मा चारसय ६ वटा मुद्धा महिला तथा बालबालिका सम्बन्धि दर्ता भएको छ । यी घट्नाको तथ्याङ हेर्दा वर्षेनी घट्नाहरु बढ्दो अवस्थामा छन ।
बलात्कारको मुद्धामा वृद्धि
महिला तथा बालबालिकाको मुद्धाहरुमा सबैभन्दा बढी बलात्कारको घट्नामा वृद्धी भएको तथ्याङले देखाएको छ । जति धेरै प्रविधियुतm जवाना उतिनै धेरै यस्ता घट्नाको श्रृङखला बढ्दो रहेको बागमती प्रदेश प्रहरी कार्यालयका स्ुचना अधिकारी प्रहरी उपरिक्षक नवराज अधिकारीले प्रतिक्रिया दिए ।
गत आर्थिक वर्ष २०७७/०७८ मा जबरजस्तीकरणीमा तीनसय सातको संख्यामा मुद्धा दर्ता भएको थियो । यो अन्य घट्नाको मुद्धाको तलुनामा सबैभन्दा बढी हो । त्यस्तै जबरजस्ती करणी उद्योगमा ८९, बहुविवाह ८२, बालविवाह नौ, बोक्सिको आरोप १३, जातिय छुवाछुत दुई, बालयौन दुरुपयोग ४६, मानवबेचविखन ५, गर्भपतन दुई र आत्महत्या पाँचसय १० रहेको कार्यालयको तथ्याङले देखाएको छ ।
मकवानपुरमा घरेलु हिंसा बढ्दो
कार्यालयको तथ्याङले मकवानपुरा सबैभन्दा बढी घरेलु हिंसा हुने गरेको देखाएको छ । एकहजार एकसय २६ वटा घरेलु हिंसाको दर्तामा दुईसय ७६ मकवानपुरमा रहेको छ । चितवनमा एकसय ५४, धादिङ एकसय ९५, नुवाकोट ७४, रसुवा पाँच, काभ्रे एकसय ८६, सिन्धुपाल्चोकमा ८९, दोलखामा ५६, रामेछापमा २७ र सिन्धुलीमा ६४ रहेको उल्लेख छ । मकवानपुरमा अन्य जिल्लामा भन्दा बढी घरेलु मदिरा बिक्रीवितरण हुने भएको कारणले बढेको हुनसक्ने सुचना अधिकारी अधिकारीले जानकारी गराए । प्राय घरेलु हिंसा मदिराकै कारण हुने गरेको समेत उनले स्पष्ट पारे ।
जबरजस्ती करणी मुद्धामा पनि मकवानपुर अघि
जबरजस्ती करणीमा समेत अन्य जिल्लाभन्दा मकवानपुरनै बढी रहेको देखाएको छ । गत आर्थिक वर्ष २०७७—०७८ मा मकवानपुरमा ६५ वटा घट्ना दर्ता भएको छ भने चितवनमा ६२, धादिङमा ३३, नुवाकोटमा १६, रसुवा तीन, काभ्रे ३०, सिन्धुपाल्चोक ३०, दोलखा १८, रामेछाप १६, सिन्धुली ३४ रहेको देखाएको छ ।
बालविवाहका मुद्धा मकवानपुरमा शुन्य
बालविवाहका मुद्धा भने मकवानपुरमा शुन्य रहेको कार्यालयको तथ्याङले देखाएको छ । गत आर्थिक वर्षमा चितवनमा एक, धादिङमा चार, काभ्रेमा दुई र सिन्धुलीमा दुई गरि जम्मा ९ वटा बालविवाह भएको देखाएको छ ।
यसरी वर्षेनी महिला तथा बालबालिका सम्बन्धि अपराधका घट्नाहरु बढ्दै जानुमा जनचेतनाको कारणले पनि हुनसक्ने प्रहरी उपरिक्षक अधिकारीको भनाई रहेको छ । पहिला—पहिला प्रहरीमा सम्पर्क गर्नुपर्छ भन्ने ज्ञान थिएन्, घट्नाहरु लुकाईछिपाई राखिन्थ्यो तर अहिले सिधै प्रहरीका आईपुग्छ हरेक घट्नाहरु त्यसैलेपनि बढ्न गएको उनको भनाई छ ।
अपराध र रोकथाम तथा न्यूनीकरणका लागि चेतना जगाउन सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, महिला तथा बालबालिकाको शिक्षामा जोड दिने, लैङिगक आधारमा हुने हिंसा तथा विभेदको अन्त्यका लागि मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिईरहेका उनले जानकारी गराए । स्थानीय तहसँग समन्वय गरी जनचेतनामुलक कार्यक्रम सञ्चालन समेत गरिरहेको अधिकारी भनाई छ ।








