
खबरबाकस \ बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकार विस्तार गरेकी छिन् । बुधबार राति पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यमन्त्री शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कृष्ण प्रसाद शर्मा खनाल र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी केशवराज पाण्डेलाई दिएकी छिन् ।
आन्तरिक तथा कानुन मन्त्रालयसँगै पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री शाक्यले बाँकी चार मन्त्रालय भने आफैँसँग राखेकी छन् ।








