
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बुधबार राजीनामा दिएपछि नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा चयन हुनु भएको छ ।
मुख्यमन्त्री शाक्यले बुधबारनै पद तथा गोपनियताको सफथ लिनु भएको छ । बुधबार राती साढे आठ बजे प्रदेश प्रमुखको कार्यलयमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नबनियुक्त मुख्यमन्त्री शाक्यलाई शपथ ग्रहण गराउनु भएको हो ।
सपथ ग्रहण कार्यक्रममा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सहित प्रदेशका मन्त्रीहरूको उपस्थिति रहेको थियो ।मुख्यमन्त्री शाक्यले आजै दुईजना मन्त्री नियुक्त गरेकी छन् । उनले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री एव भौतिक पूर्वाधार विकास मन्त्री र कृष्ण प्रसाद शर्मा खनाललाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएकी छन् ।
वागमती प्रदेशका मुख्यमन्त्री पौडेलले बुधबार राजीनामा दिएपछि नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरी मुख्यमन्त्री बनाईएको हो








