मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप ५५ जनामा कोरोना पुष्टि

संवाददाता

खबरबाकस \ मकवानपुरमा बुधबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १४२ जनाको कोरोना जाँच गर्दा ५५ जनामा कोरोना पोजेटिभ देखिएको हो।

११० जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ५४ जना र एन्टिजेन बिधिबाट ३२ जनाको कोरोना जाँच गर्दा १ जना गरी ५५ जनामा कोरोना पुष्टि भएको हो। आज सबैभन्दा धेरै हेटौंडाका ४६ जनामा कोरोना पुष्टि भएको हो।