मुख्य खबरसमाचारफिचर

फिचर लेखनमा अर्याल प्रथम

संवाददाता

 खबरबाकस \ नेपाल पत्रकार महासंघ मकवानपुरद्वारा आयोजित फिचर लेखन प्रतियोगिताका विजयीहरुलाई आज नगदसहित पुरस्कृत गरिएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको प्रथम हुने प्रमोद आर्याललाई नगद २५ हजार, द्धितीय हुने भावना रिजाललाई नगद १५ हजार र तृतीय हुने सुदीप शिवाकोटीलाई नगद १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ।

No description available.

त्यस्तै प्रतिस्पर्धा गर्ने ७ जना पत्रकारलाई नगद ५ हजारसहित सान्त्वना पुरस्कार प्रदान गरिएको हो । जसमा श्रीराम अर्जुन, नीशा गुरुङ, सम्झना रिजाल, सुनिता विष्ट, मसान उपासक, रञ्जिता डंगोल, प्रिया पौडेल रहेका छन् ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी, र महासंघका पूर्व अध्यक्ष नवराज शर्माले नगदसहित पुरस्कार वितरण गरेका थिए । फिचर लेखन प्रतियोगिताका निर्णायकहरु भानुभक्त आचार्य, रामकुमार एलन र राममणी दाहाललाई पनि कार्यक्रममा नगद ५ हजारसहित कदरपत्रले सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, पूर्व अध्यक्ष राममणि दहाल, भानुभक्त आचार्य, निवर्तमान अध्यक्ष हरि प्रसाद हुमागाई, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीलगायतको अतिथ्यता रहेको थियो । प्रतियोगितामा १४ जना पत्रकारले सहभागिता जनाएका थिए ।