मुख्य खबरसमाचारफिचर

जेटिई ब्राण्डका मोवाइल अब हेटौंडा बजारमा

संवाददाता

खबरबाकस \ अन्तर्राष्ट्रिय ब्राण्ड जेटिईका मोवाईल फोन अब बागमती प्रदेशको राजधानी हेटौंडामा पाइने भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले तीन वटा मोडलका मोवाइल विक्रीका लागि बजारमा ल्याएको छ ।

मोवाईल एसोसियसन अफ नेपाल (म्यान)मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्यको प्रमुख अतिथ्यतामा मोवाइल सार्वजानिक गरिएको थियो । हेटौंडाको लागि कम्पनीको आधिकारिक विक्रेता ओमशीव इन्टरप्राइजेजका सञ्चालक रन्जन श्रेष्ठले जेटिईका अहिले तीन वटा मोडल फोन सेट उपलब्ध रहेको बताए । उनका अनुसार ए ५१, ए ७१ र भी३० भिटा नामका मोडल मोवाइल उपलब्ध हुने बताएका छन् ।

No description available.

टेलिकमको फोरजी इन्टरनेट चल्ने स्थानमा सबै मोवाइलमा चल्ने बताउदै उनले ए ५१ मोडलको फोन डबल क्यामेरा र फ्रिङ्गरप्रिन्ट सुविधा रहेको सेटलाई ११ हजार ४९० बजार मुल्य रहेको बताए । त्यस्तै, ए७१ मोवाइलको १५ हजार ९९९ र भी ३० भिटाको १७ हजार ९९० बजार मुल्य रहेको सञ्चालक श्रेष्ठले बताए ।

धेरै अगाडी चलेको कम्पनी पछि पुनः नयाँ प्रविधि सँगै नयाँनयाँ मोडलमा मोवाइल आएको जनाइएको छ । कार्यक्रममा म्यान मकवानपुरका अध्यक्ष दीनेश लामा, निवर्तमान अध्यक्ष एसीस रिजाल, मोवाईल डिलर एसोसियसनका अध्यक्ष रोहिणी प्रसाद गौतम, जेटिई मोवाईल कम्पनीका प्रतिनिधि शीवशंकर यादव, हेटौंडामा मोवाईल व्यवसायीहरुको उपस्थिती रहेको थियो । सहभागिले जेटिई ब्राण्डको मोवाईल विक्रिमा सफल हुनेमा शुभकामना व्यक्त गरेका थिए ।