मुख्य खबरसमाचारफिचर

घर जग्गाको कारोबार आकाशियो, वार्षिक ४२ प्रतिशतले बढ्यो राजश्व

मानवी बानियाँ

हेटौंडा \ झुम्म मान्छेको भीड, सेवाग्राहीले घेरीएको कार्यालय मलापोत कार्यालय । जग्गा रजिष्ट्रेसन पासको लिखत, लालपुर्जा हेरेर नागरिकतासँंग प्रमाणित गर्दै थिए गर्न व्यस्त थिए कार्यालयका कर्मचारीहरु । पछिल्लो समय मालपोतमा हुने यस्तो भीडभाड स्वभाविक नै भएको छ ।

दैनिक साढे ११ बजेदेखि बेलुका ४ बजेसम्म यसरी नै मालपोतमा जग्गा पास, लिखत नामसारी, बकसपत्र तथा दृष्टि बन्धक (बैंक धितो)मा जग्गा राख्नेको भीड लाग्ने गरेको छ कोभिडको कारण व्यापार व्यवसाय ठप्प छ । उद्योगीहरु नयाँ परियोजना ल्याउन पर्ख र हेरको रणनीतिमा छन् । तर, पछिल्लो समय मानिसहरुले घरजग्गामा व्यवसायमा गर्ने गरेको पाईएको छ । कोभिडको बेला सुस्त बन्नुपर्नेमा झन घरजग्गा कारोबार आकाशिएको एक तथ्याङले देखाएको छ । कोरोनाको महामारीका बिचमा घर जग्गा कारोबार उच्च दरमा बढेको छ ।

४२ प्रतिशतले बढ्यो राजश्व

मकवानपुरमा अघिल्लो आर्थिक वर्षको तुलनामा गएको एक वर्षमा ४२ प्रतिशत बढी घरजग्गाको कारोबार भएको छ । कारोबार बढ्दा त्यसको फाइदा सरकारलाई भएको छ । मालपोत कार्यालय मकवानपुरमा एकै वर्षमा ९० करोड २४ लाख १५ हजार रूपैयाँ राजस्व प्राप्त गरेको छ । कोभिडले मालपोत कार्यालय गत वर्ष तीन महिना बन्द भयो । यसको बाबजुत पनि उल्लेखनीय कारोबार भयो । कारोबारको संख्या झण्डै डबल गुणाले बढ्यो । कार्यालयका अनुसार, घर जग्गा किनेबेच, सेवा कर र लाभकर लगायत शुल्क सरकारी खातामा एकै वर्षमा ९० करोड २४ लाख १५ हजार जम्मा भयो । यो रकम अघिल्लो आर्थिक वर्ष ४७ करोड ४२ लाख २७ हजार थियो ।

व्यवसायी गर्नेहरुले जग्गा बेचेर व्यवसायलाई निरन्तरता दिन खोजेकाले कारोबार बढेको कार्यालयको बुझाई छ । मकवानपुर जिल्लामा उद्योग व्यवसाय तथा, बैंक बित्तिय संस्थाहरु पनि बढी भएको कारणले कारोबार बढ्न गएको कार्यालयका तथ्याङ विभागका ना.सु प्रदिप रिजालले जानकारी गराए । त्यो संगै कित्ताकाटमा वर्षमा एकचोटी मात्रै गर्नुपर्ने, विभिन्न टुक्रा खालका जग्गाहरु कारोबार भएका, कित्ताकाट गर्नुनपर्ने खालका जग्गाहरु कारोबार भईरहेको रिजालको भनाई छ । गत वर्ष कित्ताकाट गरिएको टुक्रे जग्गाको किनबेच बढी भएको देखिन्छ । त्यसमा पनि हेटौंडा उपमहानगरपालिका शहरी क्षेत्रमा यस्तो किनबेच भएको कार्यालयले जनाएको छ

गाँउपालिकामा बढ्दो कारोबार

मकवानपुरमा शहरी क्षेत्रसंगै गाँउपालिकामा पनि घरजग्गा कारोबारको उत्तिकै बढ्दो अवस्थामा रहेको कार्यालयका प्रमुख रामचन्द्र भण्डारीले जानकारी गराए । गाँउपालिकामा समेत जग्गा कारोबार बढ्दो अवस्थामा रहेको प्रमुख भण्डारीले जानकारी गराए । हेटौंडापछि, मनहरी गाँउपालिका, बकैंया गाँउपालिका र मकवानपुरगढी गाँउपालिका रहेको भण्डारीको भनाई रहेको छ ।

उनका अनुसार, उपमहानगरपालिकाले जोडिएको भु—भाग भएकाले र सस्तो पनि पर्ने भएकाले यि गाँउपालिकाहरुमा पहिलाको तुलनामा जग्गाको कारोबार फस्टाउदै गएको भण्डारीले जानकारी गराए । सर्वोच्च अदालतले मंसिर २३ मा जग्गाको कित्ताकांटमा रोक लगाएको थियो तर किनबेच र कारोबार आकाशिनुले कित्ताकांट भित्रभित्रै भईरहेका देखाएको छ ।