
खबरबाकस \ मकवानपुरमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ३५१ जनाको कोरोना जाँच गर्दा २९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
११८ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १८ जना र एन्टिजेन बिधिबाट २३३ जनाको कोरोना जाँच गर्दा ११ जना गरी २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए । आज सबैभन्दा धेरै हेटौंडाका १७ जनामा कोरोना पुष्टि भएको छ ।








