मुख्य खबरसमाचारफिचर

अभिभावकलाई बाहिरका वस्तु नखुवाउन मन्त्री बस्नेतको आग्रह

संवाददाता

खबरबाकस \ बागमती प्रदेश सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले अभिभावकलाई आफ्ना छोराछोरीलाई बाहिर पाइने वस्तु नखुवाउन आग्रह गरेकी छिन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदेश युवा परिषद्को आयोजना तथा हेटौंडा लेडी जेसीजको समन्वय आयोजित वक्तृत्वकला प्रतियोगिता उद्घाटन गर्दै मन्त्री बस्नेतले अखाद्य वस्तु प्रयोगले बालबालिकामा कुपोषण हुने जस्ता रोग आउन सक्ने हुनाले, शरिरलाई आवश्यक तत्व खाद्य पदार्थ खुवाउनुपर्ने बताइन् ।

उनले अभिभावकले विद्यार्थीको लागि बाहिर पाइने जंकफुड लगायत अन्य खाद्य पदार्थ नखुवान अनुरोध गरेकी छिन् । बालबालिका मात्र नभइन युवा जमातले पनि खाद्य प्रणालीमा असुरक्षा अपनाइरहेका पाइएको बताइन् । विभिन्न खाद्यान्न तत्व नापेर खाइरहेको बेला बुझेर खानपानमा ध्यान दिनुपर्ने उनको भनाइ रहेको थियो ।

उनले रोग लागेर उपचार गर्नु भन्दा रोग नलाग्न सबैमा आग्रह गरिन् प्रदेश सरकारले कृषिमा अभियानको रुपमा विषादीरहित कृषि उपज उत्पादन गरिनुपर्ने योजनालाई युवा देखी सबै किसान लागिनुपर्ने बताउदैं मन्त्री बस्नेतले आफु निरोगी बनौं र समाजलाई पनि निरोगी बनाऔं भन्दै स्वास्थ्य नै ठुलो धन रहेकाले ध्यान दिनुपर्ने बताइन् ।

No description available.

वडा स्तरमा स्वास्थ्य संस्था स्थापना भएकोले समय समयमा उपचार गरि शरिरको अवस्थाबारे जानकार लिनुपर्ने भन्दै उनले उपचारमा धेरै सुविधा सम्पन्न अस्पताल निर्माण भइसकेको बताइन् । उनले जल, जमिन र जडिबुटी धेरै रहेको देशमा भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन गरिनुपर्ने र सरकारले साथ दिने बताइन् ।

'खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन' विषयक खुला वक्तृत्वकला प्रतियोगिता हेटौंडा लेडी जेसीजका अध्यक्ष प्रतिमा श्रेष्ठको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा साहित्यकार तथा शिक्षक छवि अनित्य, सिएम रिमाल, दीपकराज मिश्र र अनिता न्यौपानेले निर्णायकको भूमिका रहेको कार्यक्रम संयोजक स्वेच्छा दंगालले बताइन् ।

कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, लेडी जेसीजका निवर्तमान अध्यक्ष सुशीला पौडेल, पूर्व अध्यक्ष रेश्मी बस्नेत, प्रदेश युवा परिषद्का निमित्त कार्यालय प्रमुख रमेश घिमिरे लगायतको अतिथ्यता रहेको थियो